चन्द्रागिरि नगरपालिकाले भाडामा बस्ने र मजदुरी गर्नेलाई राहत दिने

काठमाडौंः चन्द्रागिरि नगरपालिकाले कोठा भाडा र ज्यालामजदुरी गर्ने व्यक्तिलाई राहत दिने निर्णय गरेको छ ।

नगरपालिकाको कार्यपालिका वैठकले पहिलो चरणमा १५ वटै वडाका व्यक्तिको नामावली संकलन गरेर राहत प्याकेज दिने निर्णय गरेको हो ।

विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण ‘लकडाउन’ले गर्दा ज्यालामजदुरी गरेर खाने व्यक्तिहरूलाई समस्या भएको गुनासो आएपछि उक्त निर्णय गरेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए ।

याे पनि पढ्नुस  थानकोटमा महिलाको शव भेटियो, पीपीईसहित प्रहरी घटनास्थलमा

प्रवक्ता महजर्जनका अनुसार घरभाडामा बस्ने र दैनिक ज्यालामजदुरी गरी खानुपर्ने व्यक्तिहरूको प्रत्येक वडाबाट लगत संकलन गरी घरधनीको नाम मोबाइल नम्बर र नागरिकताको नम्बर वा फोटीकपि सहित विवरण उपलब्ध भए पश्चात् राहत प्याकेज उपलब्ध गराइने छ ।

नामावली प्राप्त भए पश्चात् सम्बन्धित वडाहरूबाट नै उक्त राहत प्याकेज उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।

याे पनि पढ्नुस  चन्द्रागिरिमा स्थानीयले मारे चितुवा

उक्त प्याकेजमा ३ जना सम्मको परिवारले १० केजी चामल सो भन्दा माथि १५ केजीका दरले पाउने छन् । प्याकेज अनुसार दाल १ केजी, नुन एक प्याकेट, तेल १ लिटर, चिनी १ केजी, चिउरा २ केजी साबुन २ वटा प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्