टेकुमा उपचाररत दुबै जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ

काठमाडौंः टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवतीमा चैत १० गते र ६ चैतमा यूएईबाट आएका धादिङका ३४ वर्षीय युवकको चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

याे पनि पढ्नुस  काभ्रेमा पनि भेटिए कोरोना संक्रमित

तर बुधबार रिपोर्ट पोजेटिभ आएपछि अब दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने टेकु अस्पतालले जनाएको छ । उनीहरु दुवैको स्वास्थ्य अवस्था भने सामान्य छ ।

नेपालमा हालसम्म ५ जनामा कोरोना देखिएकोमा एकजना निको भएर घर फर्किसकेका छन् । बाँकी ४ मध्ये दुईजनाको टेकु अस्पतालमा, एकको धनगढी र अर्काको बाग्लुङमा उपचार जारी छ ।

कमेन्ट गर्नुहोस्