भारतमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो, एकैदिन २३ जनाको मृत्यु

काठमाडौंः भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या २ हजार नाघेको छ ।

बुधबार ६ सय बिरामी थपिएसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ हजार नाघेको हो ।

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । भारतमा बुधबार मात्रै कोरोनाबाट २३ जनाको मृत्यु भएको थियो ।

याे पनि पढ्नुस  कुन ‘ब्लड ग्रुप’ लाई कोरोनाको बढी खतरा? यस्तो भन्छ अध्ययन

त्यस्तै, पाकिस्तानमा कोरोनाबाट संक्रमित हुनेको संख्या २२ सय नाघेको छ ।

त्यहाँ यो भाइरसबाट ३२ जनाले ज्यान गुमाइसकेका छन् ।

पाकिस्तानमा बुधबार १८० नयाँ संक्रमित भेटिँदा २७ जनाले ज्यान गुमाएका थिए ।

चीनको वुहानबाट गत डिसेम्बरमा फैलिएको कोरोनाबाट विश्वभर बिहीबार दिउँसोसम्म ९ लाख ३८ हजार व्यक्ति संक्रमित भएका छन् ।

याे पनि पढ्नुस  महामारीकाबीच पनि चीनको मालसामान वितरण निरन्तर (भिडियो)

यस्तै, ४७ हजार बढी व्यक्तिले ज्यान गुमाइसकेका छन् ।

कमेन्ट गर्नुहोस्