ड्युटीमा खटिए एपीएफका खेलाडी

काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि सशस्त्र प्रहरी बल (एपीएफ)का खेलाडीहरु ड्युटीमा फर्किन थालेका छन् ।

‘लकडाउन’का कारण विश्राम गरिरहेका एपीएफमा जागिरे खेलाडीहरु बुधबारदेखि ड्युटीमा फर्किएका हुन् । चैत १० देखि खेलाडीहरु छुट्टीमा बसेका थिए ।

चैत १८ गते छुट्टी सकिएपछि खेलाडीहरु ड्युटीमा फर्किएका हुन् । स्रोतका अनुसार गृह मन्त्रालयको आदेशमा अन्तर्राष्ट्रिय खेल खेलिसकेका खेलाडीहरु पनि राष्ट्र सेवाका लागि ड्युटीमा फर्किएका छन् ।

नेपाली महिला राष्ट्रिय टिमकी खेलाडी सावित्रा भण्डारी (साम्बा), नम्बर वान गोलकिपर एन्जिला तुम्बापो सुब्बादेखि अन्य विभिन्न खेलका खेलाडीहरु बुधबारदेखि हलचोकस्थित एपीएफको हेडक्वाटरमा छन् ।

 

कमेन्ट गर्नुहोस्