सुदूरपश्चिममा भूकम्पको धक्का

काठमडौंः बिहीबार राति सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्पको धक्का राति ८ बजेर ५५ मिनेटमा महसुस गरिएको हो ।

बझाङको केदारस्यू गाउँपालिका भामचौर केन्द्रविन्दु बनाएर ४.० रेक्टर स्केलको भूकम्प धक्का गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

याे पनि पढ्नुस  माघ १ गते सार्वजनिक विदा

भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ र डडेल्धुरालगायतका जिल्लाहरुमा महसुस गरिएको छ ।

कमेन्ट गर्नुहोस्