स्वास्थ्य सामग्री खरिद सीधै सरकारले गर्ने

काठमाडौंः कोरोनाका बिरामीको उपचारमा आवश्यक स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएपछि ठेक्का नै रद्द गरेको सरकारले अब सीधै आफैँ खरिद गर्ने तयारी गरेको छ । बिहीबार कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकमा यससम्बन्धी छलफल भएको अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए ।

याे पनि पढ्नुस  कोरोना आशंकामा एकजना त्रिशूली अस्पतालको आइसोलेशन भर्ना

‘कोरोना नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री सरकारी तबरबाटै खरिद गर्न सकिन्छ भने त्यो सबैभन्दा राम्रो हो,’ मन्त्री खतिवडाले भने, ‘सहज हुन्छ भने प्रयास गर्ने भन्ने निष्कर्षमा पुगेका छौँ ।’ अब फेरि निजी कम्पनीलाई नै जिम्मा दिँदा विवाद निम्तिने भयले सरकार आफैँ सामग्री खरिद गर्ने निष्कर्षमा पुगेको हो ।

याे पनि पढ्नुस  कोरोना संक्रमित बागलुङकी युवतीको अवस्था के छ ?

अपारदर्शी रूपमा ठेक्का दिएको निजी कम्पनी ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबिसिआई)ले महँगोमा, त्यो पनि गुणस्तरहीन सामग्री खरिद गरेपछि सरकारले व्यापक आलोचना खेपिरहेको छ । आलोचनाबीच सरकारले ओम्नीसँगको ठेक्का बुधबार रद्द गरिसकेको छ । नयाँ पत्रिका

कमेन्ट गर्नुहोस्