कोरोनाबाट सोमालियाका पूर्वप्रधानमन्त्रीको निधन

काठमाडौंः सोमालियाका पूर्वप्रधानमन्त्री नुर हसन हुसेनको कोरोना भाइरस (कोभिड–१९) संक्रमण्बाट निधन भएको छ । उनको बुधबार लन्डन अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएको हो ।

कोरोना भाइरसको संक्रमण देखिएपछि उनी दुई सातादेखि किंग्स कलेज अस्पतालमा उपचार गरिरहेका थिए।

उनी सन् २००७ देखि २००९ सम्म सोमालियाका प्रधानमन्त्री भएका थिए । उनी इटालीका लागि सोमालियाका पूर्वराजदूत समेत हुन् । हुसेनको परिवारले उनको अन्तिम संस्कार लन्डनमा नै गर्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्