को हुन् नेपालमा कोरोना देखिएका सातौं संक्रमित?

काठमाडौंः पोखराको ल्याबमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण ‘पोजेटिभ’ देखिएका व्यक्ति पनि बागलुङकै भएको पुष्टि भएको छ ।

भारतबाट आएपछि ति व्यक्ति बिरामी भएर परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै मात्र स्थापना गरिएको कोभिड–१९ परीक्षण ल्याबबाट भारतबाट आएका ती व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

याे पनि पढ्नुस  कोरोना रोकथाम कोषः उपराष्ट्रपति पुनले दिए एक महिनाको तलब

पोखराको परीक्षणमा पोजेटिभ देखाएपछि ती व्यक्तिको थ्रोट स्वाब संकलन गरेर काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । यसअघि बागलुङकै दुईजना महिलामा कोरोना देखिएको थियो ।

बिहीबार मात्रै बागलुङकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको थियो । उनी नेपालमा कोरोना भेटिने छैटौं व्यक्ति थिइन् ।

कमेन्ट गर्नुहोस्