बागलुङकी युवतीको दोस्रो परीक्षण रिपोर्ट पनि ‘पोजेटिभ’

काठमाडौंः धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार गराइरहेकी पाँचौ कोरोना संक्रमित नेपाली युवतीको दोस्रो पटकको स्वाब परिक्षण रिपोर्टमा पनि कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको छ।

कोरोना संक्रमित बागलुङ नगरपालिका–४ कुँडुलेकी युवतीको स्वास्थ्य अवस्था सामान्य रहे पनि दोस्रो पटकको परीक्षणमा रिपोर्ट पनि ‘पोजेटिभ’ देखिएको हो ।

याे पनि पढ्नुस  दक्षिण एसियामा कोरोनाः मृतकको संख्या १९३ पुग्याे, ८ हजार बढी संक्रमित

चैत्र ४ गते बेल्जियममा रहेका आमालाई भेटेर साढे दुई महिनापछि कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीलाई चैत १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। युवतीको धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ।

कमेन्ट गर्नुहोस्