कस्तो छ भारत र पाकिस्तानमा कोरोना संक्रमणको अवस्था?

काठमाडौंः विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट छिमेकी मुलुक भारतमा संक्रमित हुनेको संख्या २५ सय नाघेको छ ।

पछिल्लो विवरणअनुसार त्यहाँ कोरोनाबाट २ हजार ५ सय ६७ यक्ति कोरोनाबाट प्रभावित भइसकेका छन् । जसमध्ये ७२ जनाले ज्यान गुमाइसकेका छन् ।

याे पनि पढ्नुस  नेपालमा कोरोनाः ३ को मृत्यु हुँदा संक्रमित संख्या ४५७ पुग्यो कहाँ कति ? (सूचीसहित)

भारतमा १९२ जना कोरोनाका विरामी निको भएर घर फर्किसकेका छन् ।

भारतमा पनि कोरोनाको संक्रमण दिनहुँ बढिरहेको छ । त्यहाँ बिहीबार मात्रै ५४५ जना नयाँ संक्रमित थपिँदा १४ जनाले ज्यान गुमाएका थिए ।

यस्तै, पाकिस्तानमा कोरोनाबाट प्रभावित हुनेको संख्या २४ सय नाघेको छ । त्यहाँ शुक्रबार दिउँसो ४ बजेसम्म कोरोनाबाट ३५ जनाको मृत्यु भइसकेको छ । पाकिस्तानमा १२६ जना कोरोना संक्रमित निको भएका छन् ।

याे पनि पढ्नुस  कोरोना भाइरसः भारतमा सङ्क्रमितको सङ्ख्या ७३ पुग्यो

गत डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोनाका कारण विश्वभरका २०४ देश प्रभावित भइसकेका छन् ।

कोरोना देखिएको ४ महिनामा विश्वभर १० लाख ३० हजार व्यक्ति संक्रमित भइसकेका छन् । जसमध्ये ५४ हजार व्यक्तिको मृत्यु भइसकेको छ ।

२ लाख १८ हजार मानिस भने कोरोनाबाट मुक्त भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्