कपिलवस्तुको विजयनगरमा आगलागी, २५ घर–गोठ जलेर नष्ट

काठमाडौंः कपिलवस्तुको विजयनगर गाउँपालिकामा आगलागी हुँदा २५ घर–गोठ जलेर नष्ट भएका छन् ।

विजयनगर गाउँपालिका–१, गुगौलीमा शुक्रबार अपराह्न साढे ४ बजे आगलागी हुँदा २५ घर–गोठ जलेर नष्ट भएका हुन् ।

कपिलवस्तुका प्रहरी प्रमुख समेत रहेका प्रहरी उपरीक्षक दीपशमशेर राणाका अनुसार घटनामा कुनै मानवीय क्षति भने भएको छैन । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा र नगद गरी एक करोडभन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान गरेको छ ।

याे पनि पढ्नुस  मेयरको कार्यकक्षमा आगलागी

आगलागी स्थानीय काशीनाथ यादवको घरबाट सुरु भएको थियो । आगलागी भएको बस्ती न्यून आय भएका व्यक्तिहरूको बसोबास रहेको क्षेत्र हो ।

आगलागी भएको गुगौली, सदरमुकाम तौलिहवाबाट करिब ४५ किलोमिटर पश्चिममा पर्छ ।

कमेन्ट गर्नुहोस्