रौतहटमा जग्गा विवादमा दोहाेरो झडप, नेकपा कार्यकर्तासहित सेनाका जवान घाइते

गौरः रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलियामा झडप हुँदा नेकपा कार्यकर्तासहित ६ जना घाइते भएका छन् ।

जग्गाको प्रकरणमा दुई पक्षबीच विवाद हुँदा झडप भएको हो । टिकुलिया निवासी प्रमोद कुमार दुबे, मनोज दुबे, बिनोद दुबेले आफ्नो घर अगाडिको बाटोमा खाल्डो खनेको विषयमा विवाद हुँदा झडप भएको बताइएको छ ।

झडपमा परी रामएकवाल मुखिया, सोनालाल मुखिया, प्रदिप मुखिया, कृष्ण मुखिया र अर्को पक्षका प्रमोद दुुबे र मनोज दुुबे घाइते भएका हुन् ।

याे पनि पढ्नुस  बुुहारी बनाउने भनेर परिवारसँग भेटाउन बोलाएर बलात्कार

घाइते मध्ये गम्भीर अवस्थामा रहेका रामएकवाल मुखिया, सोनालाल मुखिया र प्रदिप मुखियालाई गरुडामा सामान्य उपचारपछि थप उपचारका लागी एम्बुलेन्सबाट बिरञ्गज पठाइएको देवाही गोनाही ईलाका प्रहरी प्रमुख ईन्सपेक्टर मेदनी साहले बताए ।

अन्य तीनजना घाइतेको प्रहरीको निगरानीमा गरुडास्थित निजि अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये अधिकांशको टाउकोमा घाउ खत देखिएकाले झडपमा धारिलो हतियार प्रयोग भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको ईन्सपेक्टर साहले जानकारी दिए ।

याे पनि पढ्नुस  नेपालमा भारतीय नम्बर प्लेटका गाडी चल्न रोक

घाइते प्रमोद दुुबे नेपाली सेनाका जवान हुन् भने रामएकवाल सहनी नेकपाका जिल्ला सदस्य हुन् । तर प्रहरीले घटनास्थलबाट कुनै किसिमको हतियार बरामद गरेको छैन ।

घटनामा संलग्न दुुबै पक्षका मानिस घाइते भई उपचाररत रहेकाले कसैलाई पक्राउ नगरिएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

याे पनि पढ्नुस  २ महिला र १ पुरुष मृत अवस्थामा फेला

यसैबीच पूर्वमन्त्री एवं नेकपा नेता प्रभु शाहले घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कडा कार्यवाहीको माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्