कोरोना नियन्त्रणका लागि सरकारले चालेको कदम प्रशंसायोग्यः राष्ट्रपति भण्डारी

काठमडाौंः राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले चालेको प्रभावकारी कदमका कारण नेपालमा कोरोना भाइरसको सङ्क्रमण भयावह नभएको बताएकी छिन् ।

देशवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारले अहिले गरिरकेको गृहकार्यलाई विश्वले प्रशंसा गरिरहेकोसमेत बताएकी छिन् ।

यस्तै राष्ट्रपति भण्डारीले ‘लकडाउन’को समयमा दैनिक ज्यालादारीमा काम गर्ने कामदारहरु अलि धेरै प्रभावित भइरहेको भन्दै त्यस्ता वर्गका लागि सरकारले विभिन्न राहत प्याकेजको घोषणा गरेको बताएकी छिन् ।

याे पनि पढ्नुस  सुदूरपश्चिममा ३ जनाको आरडिटी पोजेटिभ

कोरोनाले निम्त्याएको लकडाउनले नेपालको मात्रै नभएर विश्वकै अर्थतन्त्रमा प्रभाव परेको भन्दै उनले लकडाउनको यो परिस्थितिपछि सरकारले आवश्यक कदम अघि बढाउने दावी गरिन् ।

कमेन्ट गर्नुहोस्