यूएनडीपीद्वारा कोरोना नियन्त्रणका लागि भरतपुर महानगरपालिकालाई आवश्यक सामग्री हस्तान्तण

चितवनः संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम (यूएनडीपी) ले कोराना रोकथामका लागि भरतपुर महानगरपालिकालाई आवश्यक सामग्री सहयोग गरेका छ ।

कोरोना भाइरस (कोभिड–१९) ले देश नै आंतकित बनाएको बेलामा यूएनडीपीले महानगरपालिकालाई सर्जिकल मास्क २ हजार पीस, ग्लोभ १ हजार ८ सय जोडी, सेनिटाइजर १०० मिलिको ४ सय पीस, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) १५ सेट, कोभिड–१९ सम्बन्धी सूचना र जानकारी भएको फ्लायर ६ हजार पिस सहयोग गरेको हो ।

याे पनि पढ्नुस  सांसदलाई तालिम दिन युएनडिपीसँग ६४ करोडकाे सम्झौता

सो सहयोग सामग्री यूएनडीपीका भरतपुर महानगरपालिका आन्तर्गत प्रतिनिधि अन्जना शर्मा अधिकारीले महानगरपालिका नगर प्रमुख रेनु दाहाललाई एक सामान्य कार्यक्रमकाबीच हस्तान्तरण गरेकी छन् ।

मेड नेपाल भरतपुर चितवनका कार्यकारी निर्देशक मीनराज भण्डारीले सहजिकरण गरेको कार्यक्रममा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले विपद्को घडीमा सहकार्य तथा हातेमालको लागि धन्यवा व्यक्त गरे ।

याे पनि पढ्नुस  पुडासैनी आत्महत्यापछिकाे परिस्थितिबारे मेयर रेणुले जारी गरिन् विज्ञप्ति (पूर्णपाठ)

यूएनडीपीले भरतपुर महानगरपालिकाको ७ वटा वडामा विपद जोखिम न्यूनीकरण अभिवृद्धि गदै पूर्वजोखिम सूचित विकास योजना निमार्ण गर्न सहयोग पुर्याउने परियोजना सञ्चालन गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्