एसईई कहिले ? यस्तो छ मन्त्रालयको जवाफ

काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउन खुलेलगत्तै माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने जनाएको छ । त्यसनिम्ति परीक्षार्थीले तनाव नलिई परीक्षा तयारी गर्न भनेको छ ।

मन्त्रालयले कोभिड–१९ को संत्रासका कारण चैत ६ गतेबाट हुने परीक्षा स्थगित गरेको थियो । ‘चैत २५ गते लकडाउन सकिएलगत्तै सरकारले गर्ने निर्णयपछि एसईई परीक्षाको नयाँ तालिका सार्वजनिक गरिने छ’, मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले भने, ‘त्यसैले परीक्षाको तयारीमा रहेका विद्यार्थीले तनाव नलिई आफ्नो पाठ्यपुस्तक रिभिजन गर्नु होस् । अनावश्यक हल्लाको पछाडि नलाग्नोस् । सरकारको आधिकारिक धारणा उपयुक्त समयमा जारी हुनेछ ।’

याे पनि पढ्नुस  विद्यार्थी विदेशिने क्रम रोकिएन, एक वर्षमा ६३ हजारले लिए ‘नो अब्जेक्सन लेटर’

राष्ट्रिय परीक्षा बोर्डको रेकर्डअनुसार यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई दिने तयारीमा छन् । देशभरिमा १ हजार ९ सय ९७ परीक्षा केन्द्र विस्तार गरिएका छन् । प्रश्नपत्र सबै केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित गरी राखिएका छन् ।

कमेन्ट गर्नुहोस्