अमेरिकामा एकैदिन १३ सय बढीको मृत्यु, ट्रम्प भन्छन्, ‘मास्क लगाउनु पर्दैछ’

काठमाडौंः अमेरिकामा कोरोनाका कारण एकैदिन १ हजार ३ सय २१ जनाको मृत्यु मृत्यु भएको छ भने ३२ हजार बढी संक्रमित फेला परेका छन् ।

योसँगै अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ४ सय नजिक पुग्दा संक्रमित २ लाख ७७ हजार रहेका छन् ।

यसैबीच अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्रहरू कोरोना महामारिबाट जोगिन सबै अमेरिकीहरुलाई घरबाट बाहिर निस्कँदा मास्क लगाउन आग्रह गरिरहेका छन् । तर राष्ट्रपति डोनाल्ड ट्रम्प भने यसमा सहमत छैनन् ।

याे पनि पढ्नुस  कोरोना आशंकामा मोदी सरकारका मन्त्री नै क्वारेन्टाइनमा !

‘मास्क लगाएर हिँड्ने, यो एक स्वैच्छिक चीज हुनेछ’, राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा दैनिक कोरोनाभाइरस ब्रिफिंगको क्रममा शुक्रबार भने, ‘तपाई यो गर्न सक्नुहुन्छ । तपाईले मास्क प्रयोग नगर्न पनि सक्नुहुन्छ । म भने मास्क लगाउने काम छनौट गरिरहेको छैन । यो राम्रो हुन पनि सक्छ । तर यो केवल एक सिफारिश हो, स्वैच्छिक मात्र ।’

याे पनि पढ्नुस  कोरोना संक्रमणबाट अमेरिकामा नेपालीको मृत्यु

बिबिसीका अनुसार ट्रम्पले भने, ‘मलाई लाग्छ कि अनुहारको मुखौटा (मास्क) लगाएर मैले राष्ट्रपति, प्रधानमन्त्री, तानाशाह, राजा, रानीलाई अभिवादन गर्दछु, मलाई केही थाहा छैन । म यो आफ्नै लागि केही देख्दिनँ । म अहिले यो मास्क लगाउने पक्षमा छैन । हुन सक्छ, म आफ्नो सोच बदल्न पनि सक्छु ।’

याे पनि पढ्नुस  भयावह बन्दै कोरोनाः संक्रमितको संख्या २० लाख नाघ्यो, सवा लाख बढीको मृत्यु

कोरोनाका कारण कुन देशमा कतिको मृत्यु भयो ? कति संक्रमित छन् ? सूचीसहित हेर्न यहाँ क्लिक गर्नुहोस्ः

सम्बन्धित समाचारः

कोरोनाका कारण एकैदिन करिब ६ हजारको मृत्यु, ८२ हजार बढी संक्रमित (सूचीसहित)

कोरोनाः मृतक संख्या ५९ हजार नाघ्यो, संक्रमित ११ लाख नजिक, कुन देशमा कति (सूचीसहित)

कमेन्ट गर्नुहोस्