भारतको धार्मिक भेलामा सहभागी एक नेपालीमा कोरोना संक्रमण

नयाँदिल्लीः भारतको राजधानी नयाँदिल्लीको निजामुद्दिनमा हालै सम्पन्न मुस्लिम धार्मिक भेलामा सहभागी एक नेपालीमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण देखिएको छ ।

उक्त भेलामा सहभागी भएका पर्सा निवासी ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनी दुई साताअघि मात्र हरियाणाको अम्बाला पुगेका थिए ।

याे पनि पढ्नुस  कोरोना फैलिन नदिन कुकुर बिरोलोलाई घरभित्रै राख्न र नछुन सुझाव

कोरोना देखिएका उनलाई हाल अम्बाला केन्ट अस्पतालको आइसोलेसनमा राखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अम्बाला जिल्लाका प्रमुख स्वास्थ्य अधिकृत डा। कुलदिप सिंहले बताए ।

कमेन्ट गर्नुहोस्