बहराइनमा एकैपटक ९ नेपालीमा कोरोना देखियो

काठमाडौंः बहराइनमा एकैपटक ९ जना नेपाली कामदारमा कोरोना भाइरस (कोभिड–१९) देखिएको छ । उनीहरू एउटै क्याम्पमा बसेका थिए ।

उनीहरुको अवस्था स्थिर छ । यसअघि बहराइनमा ३ जना नेपालीमा कोरोना देखिएको थियो ।

बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार २ सय ८६ जनाको उपचार भइरहेको छ भने ४ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्