प्रशासकीय अधिकृत नै क्वारेन्टाइनमा बस्न नमानेपछि…

ठिनीः पोखराबाट फर्किएर लोमानथाङ पुगेका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेललाई स्थानीवासीले सात दिन क्वारेन्टाइनमा बस्न आग्रह गरे । स्थानीयवासीको उक्त आग्रहलाई अस्वीकर गरेपछि लोमानथाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेल शुक्रबार नै जोमसोम फर्किए ।

विश्वव्यापी महामारीका रूपमा फलिएको कोभिड–१९को रोकथाम तथा नियन्त्रण गर्न उपल्लो मुस्ताङको लोमान्थाङ–५ का युवा सक्रियताका साथ लागेका छन् । उनीहरुले शुक्रबार कोरोना रोकथाम तथा नियन्त्रण समितिसमेत गठन गरेका छन् । यस अगाडि कोरला घुम्न आएका बेनी–जोमसोम सडकखण्डका दुई सरकारी गाडीलाई युवाहरुले बाटोमै रोकेका थिए । गाउँलेसमेतलाई विशेष कामबाहेक बाहिर निस्कन नपाइने नियम लागू गरेका छन् ।

याे पनि पढ्नुस  कोरोना आशंकामा मोदी सरकारका मन्त्री नै क्वारेन्टाइनमा !

यदि कुनै कारणले कोही नयाँ व्यक्ति गाउँ प्रवेश गरे अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियमसमेत बनाएका छन् । लोमान्थाङ–५ कोरोना रोकथामसँग आबद्ध समितिका युवाले प्रशासकीय अधिकृत पौडेललाई क्वारेन्टाइन बसेर मापदण्ड पूरा गर्न सुझाएका थिए । तर पौडेलले क्वारेन्टाइनमा नबस्ने जनाउँदै फर्किएको लोमान्थाङका युवा टसी आङ्ग्या गुरुङले जानकारी दिए ।

याे पनि पढ्नुस  कोरोना भारतः ६ दिनमा ७६९ जनाको मृत्यु, संक्रमितको संख्या ९० हजार नाघ्यो

स्थानीयवासीका अनुसार लोमान्थाङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भई रवाना लिएको चार महिनापछि मात्र पौडेल गाउँ आएका थिए । क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालका अनुसार जिल्लाका विभिन्न स्थानमा क्वारेन्टाइन बनाइएको छ ।

कमेन्ट गर्नुहोस्