तीव्र गतिमा फैलिँदै कोरोनाः ११ लाख नाघे संक्रमित, शिर्ष स्थानमा अमेरिका (सूचीसहित)

काठमाडौंः विश्वका महामारीको रूपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) तीव्र गतिमा फैलिरहेको छ । हाल कोरोना भाइरस विश्वका १ सय ९० देशभन्दा बढी देशमा देखिइसकेको छ ।

कोरानाको उद्गमस्थल चीनमा भने कोरोना संक्रमण कम हुँदै गइरहेको बेला अन्य देशहरूमा तीव्र गतिमा फैलिरहेको छ । कोरोना संक्रमति र मृतकको संख्या बढिरहेको छ ।

हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ११ लाख नाघेको छ । पछिल्लो तथ्याङकअनुसार कोरोना संक्रमितको संख्या ११ लाख १७ हजार ८ सय ६० पुगेको छ । शुक्रबार मात्रै एक लाख बढी संक्रमित फेला परेका थिए ।

याे पनि पढ्नुस  ईपीएस पास गरेकाहरू कहिले जान पाउँछन् कोरिया ?

कोरोनाका कारण हालसम्म ५९ हजार १ सय ६१ को ज्यान गइरकेको छ ।

सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा छन् । त्यहाँ कोरोना संक्रमितको संख्या करिव ३ लाख नजिक पुगेको छ । इटली र स्पेनमा पनि कोरोना संक्रमित १ लाख नाघेका छन् भने जर्मनीमा ९१ हजार, फ्रान्समा ८२ हजार संक्रमति छन् ।

याे पनि पढ्नुस  दिल्लीको जमादीमा भाग लिएर आएका थिए झापाका दोश्रो संक्रमित

कोरोनाले सबैभन्दा बढी इटलीमा १४ हजारको ज्यान लिएको छ भने स्पेनमा ११ हजार, अमेरिकामा ७ हजार तथा फ्रान्समा साढे ६ हजारको मृत्यु भएको छ ।

कोरोनाका कारण कुन देशमा कतिको मृत्यु भयो ? कति संक्रमित छन् ? सूचीसहित हेर्न यहाँ क्लिक र्नुहोस्ः

सम्बन्धित समाचारः

अस्पतालमा मृत्यु भएकी युवतीको नतिजा नेगेटिभ

याे पनि पढ्नुस  धनगढीका कोरोना संक्रमितः भाउजुमा पोजेटिभ, अन्य परिवारका नेगेटिभ

भारतमा कोरोना संक्रमितको संख्या २५ सय नाघ्यो, ७२ को मृत्यु

किन मास्क लगाउँदैनन् ट्रम्प ?

अमेरिकामा एकैदिन १३ सय बढीको मृत्यु, ट्रम्प भन्छन्, ‘मास्क लगाउनु पर्दैछ’

कोरोनाका कारण एकैदिन करिब ६ हजारको मृत्यु, ८२ हजार बढी संक्रमित (सूचीसहित)

कोरोनाः मृतक संख्या ५९ हजार नाघ्यो, संक्रमित ११ लाख नजिक, कुन देशमा कति (सूचीसहित)

कमेन्ट गर्नुहोस्