कोभिड १९ विरुद्धको खोपः मुसामा सफल परीक्षण, छिट्टै मानिसमा गरिने

एजेन्सीः पिट्सवर्ग विश्वविद्यालयको चिकित्साशास्त्र शिक्षण अस्पतालले कोरोना भाइरस विरुद्धको खोपको जनावरमा सफल परीक्षण गरेको छ । मुसामा गरिएको परीक्षणमा खोपले सार्स–कोभ–२ नाम दिइएको नोभेल कोरोना भाइरसविरुद्ध प्रतिरोधी क्षमता उत्पादन गरेको देखिएको छ ।

विश्वविद्यालयका अनुसन्धानकत्र्ताले मुसामा खोप लगाएपछि भाइरसलाई निस्क्रिय पार्न पर्याप्त प्रतिरोधी क्षमता विकसित गरेको दाबी गरेका छन् । अनुसन्धानकत्र्ताले शुक्रबार उक्त अनुसन्धानको परिणाम बेलायतको चर्चित मेडिकल जर्नल इ बायो मेडिसिनमा प्रकाशित गरेका छन् ।

लेखकले अमेरिकी ‘फुड एण्ड ड्रग एडमिनिस्ट्रिेशन’सँग नयाँ औषधीबारे अनुसन्धान गर्न अनुमति मागेको छ । अनुसन्धानकत्र्ताले आगामी केही महिना भित्र मानवमा खोप परीक्षणको सुरुवात गर्नेछ ।

याे पनि पढ्नुस  नेपालका थप १ जनालाई कोरोना संक्रमण

उक्त शोधका लेखक डा. आन्द्रे गम्बोटोले सामान प्रकृतिका भाइरस विरुद्धको खोप विकसित गर्न पहिलेदेखि नै जुटेको कारण विश्वविद्यालयका अनुसन्धानकत्र्ताले यति छिटो परिणाम दिएको बताउँछन् ।

‘हामी समक्ष २००३ मा सार्स–कोभ र सन् २०१४ मा मर्स–कोभको अनुभव थियो, यी दुबै भाइरस सार्स–कोभ–२ को नजिकका हुन्’, स्पाइक प्रोटिनले कोरोना भाइरस विरुद्ध प्रतिरक्षा उत्प्रेरण गर्ने डा. गम्बोटो बताउँछन् । अनुसन्धानकत्र्ताले कोरोना भाइरस विरुद्धको खोपलाई ‘पिटको भ्याक’ नाम दिएका छन् ।

याे पनि पढ्नुस  ओलीको घोषणाः कोरोना महामारी नसकिएसम्म पारिश्रमिक लिन्नँ’

भाइरस विरुद्धको खोप विकसित गर्ने क्रममा शोधकत्र्ताले प्रतिरोधी क्षमता विकसित गर्ने भाइरल प्रोटिनको टुक्राले बनाइएको प्रयोगशाला प्रयोग गरेका थिए । जुन फ्लु विरुद्धको खोप विकसित गर्ने प्रकृयासँग मिल्दोजुल्दो छ । तर प्रयोगात्मक खोपभन्दा फरक छ । प्रयोगात्मक खोप आरएनए विकसित गर्न केन्द्रित हुन्छ । आरएनए विकास गर्ने प्रकृया हाल परीक्षणका लागि तयार भइसकेको छ ।

छालाभित्र खोप वितरणका लागि ‘माइक्रोनिडल एरे’को प्रयोग गरिनेछ । स्पाइक प्रोटिनसहित करिब ४०० सुईको टालो छालामा पठाइन्छ । पट्टी स्वरुपको उक्त टालो छालामा टाँसेर बिरामीको छालामा घुल्नलाई चिनीसहित सुई जोडिनेछ ।

याे पनि पढ्नुस  भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ पुग्यो

पिट्सवर्ग विश्वविद्यालयका छाला विज्ञान विभागका अध्यक्ष डा. लुइस फालोले विभिन्न विधामा अनुसन्धान गरिरहेका वैज्ञानिहरुले साझा लक्ष्य लिएर काम गर्दा उक्त परिणाम आएको बताए ।

खोप विकसित गर्ने अनुसन्धानमा यून किम, गेजा एर्डस, शोहुआ हुआङ, थोमस केन्निस्टन, स्टिफन बलमार्ट, सारा डोनहुए कैरी, माइकल एपर्ली, विलियम क्लिम्स्त्रा र एमरुल्लाह कोर्कमजको समूहले काम गरेको थियो ।

कमेन्ट गर्नुहोस्