को हुन् आज कोरोना देखिएका तीन संक्रमित ?

काठमाडौंः नेपालमा एकैदिन कोरोनाका नयाँ तीन जना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित तीनमध्ये दुईजना भारतबाट फर्किएका हुन् । कोरोना संक्रमित एकजना कैलालीका २१ वर्षीय पुरूष हुन् र उनी मुम्बइबाट फर्किएका थिए ।

याे पनि पढ्नुस  नेपालगञ्जमा फेरि ९ वर्षीया बालिकामा पनि देखियो कोरोना

त्यस्तै, अर्का संक्रमित भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष रहेको मन्त्रालयले जनाएको छ । उनी चैत्र १४ गते ब्रम्हदेव हुँदै कञ्चनपुर पुगेका थिए । मुख्य नाका बन्द रहेको समयमा उनी चोरबाटो हुँदै कञ्चनपुर प्रवेश गरेका थिए । उनी कञ्चनपुरको वेदकोट नगरपापलकाका हुन् ।

याे पनि पढ्नुस  कोरोना त्रास: सरकारले गर्‍यो यी महत्वपूर्ण १५ निर्णय (सूचीसहित)

शनिबार कोरोना संक्रमण पुष्टि हुनेमा एक ३४ वर्षिया महिला छन् । यसअघि कैलालीको धनगढीमा संक्रमित भेटिएका पुरूष आफन्त हुन् । महिलाका आफन्त युएईबाट आएका थिए ।

३४ वर्षिया महिला पहिलो पटक नेपाल भित्रै कोरोना संक्रमण हुने पहिलो व्यक्ति हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

याे पनि पढ्नुस  ‘कोरोना स्वाइन फ्लू भन्दा १० गुणा बढी खतरनाक, खोप बिना रोकिँदैन’

सुदूरपश्चिममा मात्रै ४ जनामा कोरोना भेटिएको छ । कैलालीमा ३ तथा कञ्चनपुरमा एकजनामा कोरोना भेटिएको हो ।

सम्बन्धित समाचारः

BREAKING: नेपालमा एकैदिन कोरोनाका नयाँ तीन जना संक्रमित फेला

कमेन्ट गर्नुहोस्