पहिलो पटक नेपाल भित्रै कोरोना संक्रमित फेला

काठमाडौंः पहिलो पटक नेपाल भित्रै कोरोना संक्रमित फेला परेका छन् । पहिलो पटक नेपाल भित्रै कोरोना संक्रमित हुने धनगढीकी ३४ वर्षिया महिला छन् ।

उनलाई धनगढीको सेती प्रादेशिक अस्पतालको आइसोलेशनमा राखिएको छ ।उनी यसअघि कैलालीको धनगढीमा संक्रमित भेटिएका पुरूषकी आफन्त हुन् । महिलाका आफन्त युएईबाट आएका थिए ।

यसअघि कोरोना भाइरसको संक्रमण भएका सबै केसहरु बाहिरबाट आएका महिला तथा पुरुषहरु थिए ।

बाहिरबाट आएको केसलाई पहिलो चरणको संक्रमण मानिन्छ भने उनीहरुले नेपालमा आएर नयाँ बिरामीमा संक्रमण फैलियो भने त्यसलाई दोस्रो चरणको मानिन्छ।

बाहिर नगएकी महिलालाई पहिलोपटक नेपालमा कोरोना भाइरसको संंक्रमण देखिएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । शनिबार मात्रै सुदूरपश्चिमको कैलाली दुई तथा कञ्चनपुरमा एकजनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचारः

को हुन् आज कोरोना देखिएका तीन संक्रमित ?

BREAKING: नेपालमा एकैदिन कोरोनाका नयाँ तीन जना संक्रमित फेला

कमेन्ट गर्नुहोस्