कोरोना संक्रमितः मुख्य नाका छल्दै सुटुक्क भारतबाट आए, क्वारेन्टाइनमा पनि बसेनन्

काडमाडौंः सरकारले चैत्र ११ गते लकडाउन घोषणा गर्यो । त्यसैदिन सीमानाका बन्द गरियो ।

११ गतेपछि भारतबाट आएकालाई कञ्चनपुरको गड्डाचौकीबाट नेपाल प्रवेश गर्न दिइयो । उनीहरू सबैलाई क्वारेन्टाइनमा राखियो ।

तर, शनिबार कोरोना संक्रमित देखिएका दुई पुरुष भने मुख्य नाका छल्दै लुकेर भारतबाट आएको पाइएको छ ।

याे पनि पढ्नुस  बागलुङका कोरोना संक्रमित भन्छन्, ‘अबको रिपोर्ट नेगेटिभ आउँछ होला, अनि घर फर्किन्छौं’

ती दुबैजना भारतबाट फर्किएका हुन् र उनीहरू चोरबाटो हुँदै कञ्चनपुर प्रवेश गरेका थिए । स्रोतका अनुसार उनीहरू लकडाउनको अवस्थामा गड्डाचौकी नाका बन्द र गौरीफन्टा नाका बन्द रहेको अवस्थामा चैत्र १४ गते ब्रम्हदेव हुँदै कञ्चनपुर पुगेका थिए ।

संक्रमित एकजना भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष रहेका छन् । उनी कञ्चनपुरको वेदकोट नगरपालिकाका हुन् ।

याे पनि पढ्नुस  कोरोनाविरुद्व लड्न अमेरिकाले गर्यो इतिहासमै ठूलो प्याकेज घोषणा

अर्को संक्रमित कैलालीका २१ वर्षीय पुरूष हुन् र उनी मुम्बइबाट फर्किएका थिए ।

सम्बन्धित समाचारः

पहिलो पटक नेपाल भित्रै कोरोना संक्रमित फेला

को हुन् आज कोरोना देखिएका तीन संक्रमित ?

BREAKING: नेपालमा एकैदिन कोरोनाका नयाँ तीन जना संक्रमित फेला

कमेन्ट गर्नुहोस्