‘परदेशको पीडा के थाहा रेमिटेन्सको पैसामा रमाउनेलाई’

परदेश केहो थाहा हुन्छ, प्रदेशमा कमाउनेलाई
परदेशको पीडा के थाहा रेमिटेन्सको पैसामा रमाउनेलाई !

परदेशमा कोरोनाको डरले घर फर्केकालाई सीमाना पारी रोकिन्छ
महामारीमा ल्याउन लागेको औषधिमा कमिसन खानेलाई सलाम ठोकिन्छ !

गणतन्त्र र पञ्चायत उस्तैउस्तै लाग्न थाल्यो सबै सत्ताको नाउमा
देशलाई धेरै नै खोक्रो बनाइसके तछाडमछाडको दाउमा !

याे पनि पढ्नुस  नेपालमा डाक्टरमा पनि देखियो कोरोना

अत्याचारले पनि सीमा नाघिसक्यो अहिलेको यो बिरासत ढाल्नै पर्ने भयो
कठै विचरा परदेशी आफ्नो देश आउनलाई पनि महाकालीमा हाम फाल्नै पर्ने भयो !

देश कठिन परिस्थितिमा हुँदा पनि सत्ताका नाइके केही बोल्दैनन् ।
महाकालीमा बल्झेका घाउहरुले सिंहदरबारलाई किन पोल्दैनन्?

–विजय गिरि, दुबई

कमेन्ट गर्नुहोस्