कोरोना भाइरस चिनियाँ भ्याक्सिनको सफल परीक्षण हुँदै

काठमाडौंः चीनमा आविष्कार गरिएको कोरोना भाइरस (काभिड–१९) को सुई (भ्याक्सिन) लगाएका चिनियाँ स्वयमसेवकको पहिलो टोली स्वस्थ रहेको बताइएको छ ।

सुई लगाएपछि १४ दिने ‘क्वारेन्टाइन’को बसाईंमा उनीहरु सबै स्वस्थ रहेको डेलीमेलले जनाएको छ ।

वुहानमा गरिएको उक्त पहिलो परीक्षणमा भाग लिएका १४ जना स्वयमसेवक शुक्रबार घर फिर्ता भएका हुन् ।

याे पनि पढ्नुस  स्पेन र इटलीमा मृतकको सङ्ख्या घट्दै, लकडाउन खुकुलो पारिँदै

शुक्रबारसम्म १०८ जना स्वयमसेवकमध्ये १८ जनाले सबै स्वास्थ्य परीक्षण गरिसकेका छन् ।

सबै स्वयमसेवकलाई ६ महिनासम्म वैज्ञानिकहरुले निगरानीमा राख्ने छन् । र, पछि उनीहरुको रगतको नमूना लिएर एन्टीबडिज्लाई शुक्ष्म रुपमा अनुसन्धान गरिने छ ।

यदि यो सुई प्रभावकारी र भरपर्दो भएको पत्ता लागेमा वैज्ञानिकहरुले विदेशमा थप अनुसन्धान गर्ने बताएका छन् ।

कमेन्ट गर्नुहोस्