कोरोना पोजेटिभ आमाले जन्माइन् नेगेटिभ शिशु

नयाँदिल्लीः  कोरोना संक्रमणसँग जोडिएको एउटा रोचक घटना भारतमा देखिएको छ ।

भारतमा एकजना कोरोना पोजिटिभ आमाले स्वस्थ्य शिशु जन्माएकी छिन् ।

दिल्लीको अल इण्डिया मेडिकल इन्स्च्यिूट (एम्स)मा कार्यरत एकजना चिकित्सककी श्रीमतीले स्वस्थ्य शिशु जन्माएकी हुन् ।

चिकित्सक आफै पनि कोरोना संक्रमित छन् ।

याे पनि पढ्नुस  यूएईमा पनि भेटियो कोरोना भाइरस, नेपालीलाई सचेत रहन दूतावासको आग्रह

दिल्लीमा कोरोना पोजिटिभ आमाले स्वस्थ्य शिशु जन्माएको यो पहिलो घटना हो ।

फिजियोलोजि विभागमा कार्यरत यी आवसीय चिकित्सकमा केही दिन अघि मात्रै संक्रमण देखिएको थियो ।

दैनिक भाष्करमा प्रकाशित समाचार अनुसार, महिलाले सिजेरियन माध्यमबाट बच्चा जन्माएकी थिइन् ।

डाक्टर निरजा बेटालाको टीमले यो सिजेरियन गरेका समाचारमा उल्लेख छ ।

याे पनि पढ्नुस  अमेरिकामा फेरि ह्वात्तै बढ्न थाल्यो कोरोना

अहिले आमा र बच्चाको स्वास्थ्य राम्रो रहेको बताइन्छ । कोरोना आमाको दूधबाट नसर्ने भएकाले दूध खुवाउन भने उनीहरुले सल्लाह दिएका छन् ।

यसअघि चीनमा समेत यस्तै घटना देखिएको थियो । चीनको सांन्सी प्रान्तकी एकजना ३३ वर्षकी महिलाले स्वस्थ्य शिशुलाई जन्म दिएकी थिइन्

कमेन्ट गर्नुहोस्