विप्लवको आरोपः सरकारले कोरोनाबाट मृत्यु हुनेको तथ्यांक लुकायो (विज्ञप्तिसहित)

काठमाडौंः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकारले कोरोनाबाट मृत्यु हुनेको तथ्यांक लुकाएको आरोप लगाएको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै विप्लव नेकपाले सरकारी सूचना संयन्त्रको विश्वसनियता नै नभएकाले मृतकको संख्या लुकाएको हुनसक्ने आरोप लगाएको हो ।

चीनको वुहानमा कोरोना संक्रमण देखिँदा समेत नेपाल सरकारले तत्पर देखाउन नसक्दा अझै ठूलो मात्रामा संक्रमण फैलिन सक्ने समूहको दाबी छ ।

याे पनि पढ्नुस  विप्लवका २ विद्यार्थी नेतासहित एक व्यापारी पक्राउ

महामारीको यस संकट घडीमा चीनबाट ल्याएका सामग्रीमा समेत घुसखोर‚ कमिसनखोर देखिएको प्रति विप्लवले आपत्ति जनाएका छन्।

पार्टी महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा लकडाउनको अवस्थामा गरीब र दैनिक ज्यालादारी काम गर्ने श्रमिकलाई खानपिनको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

भारतीय सीमा क्षेत्रमा अड्किएका नेपालीलाई स्वदेश आउने व्यवस्था गरी सुरक्षित क्वारेनटाइनको व्यवस्था गरी खानपिनको व्यवस्था गर्न भनिएको छ।

याे पनि पढ्नुस  रिहा लगत्तै फेरि पक्राउ परे विप्लवका केन्द्रीय सदस्य चन्द

धेरै जसो निजी अस्पतालले सामान्य अवस्थाका बिरामीलाई समेत उपचार गर्न नमान्ने अस्पताललाई कानूनी दायरामा ल्याउन माग गरिएको छ ।

कमेन्ट गर्नुहोस्