कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार नाघ्यो, कुन देशमा कति? (सूचीसहित)

काठमाडौंः विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या ६० हजार नाघेको छ ।

आज थप १२ सय बढीको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६० हजार नाघेको हो ।

वल्डमिटरर्स इन्फोका अनुसार इटालीमा साढे १४ हजार नाघेको छ । त्यहाँ संक्रमितको संख्या १ लाख २० हजार आसपास पुगेको छ ।

स्पेनमा मृतकको संख्या ११ हजार ७ सय नाघेको छ । त्यहाँ १ लाख २४ हजार व्यक्ति कोरोनाबाट प्रभावित भइसकेका छन् ।

याे पनि पढ्नुस  फ्रान्समा एकैदिन १३ सय ५५ को मृत्यु, कति छन् संक्रमित ?

अमेरिकामा संक्रमितको संख्या २ लाख ७७ हजारमध्ये ७ हजार ४ सय बढीको ज्यान गइसकेको छ ।

इरानमा मृतकको संख्या ३४ सय पुग्दा साढे ५५ हजार बढी संक्रमित भएका छन् । फ्रान्समा साढे ६ हजारको मृत्यु हुँदा ८२ हजार व्यक्ति संक्रमित भइसकेका छन् ।

चीनमा साढे ८१ हजार व्यक्ति कोरोनाबाट संक्रमित हुँदा मृतकको संख्या ३३ सय २४ पुगेको छ ।

अष्ट्रेलियामा साढे ११ हजार बढी व्यक्ति कोरोनाबाट प्रभावित भइसकेका छन् । जसमध्ये शनिबार साँझसम्म १८६ जनाको मृत्यु भइसकेको छ ।

याे पनि पढ्नुस  भुटानमा पनि कोरोना, अमेरिकी नागरिक संक्रमित

नेदरल्याण्ड्समा साढे १६ हजार बढी संक्रमितमध्ये १६ सय ५१ जनाको मृत्यु भएको छ ।

भारतमा ३ हजार ८ व्यक्ति कोरोनाबाट प्रभावितमध्ये ८६ जनामने मृत्यु भइसकेको छ ।

पाकिस्तानमा २७ सय संक्रमित हुँदा ४१ जनाले ज्यान गुमाएका छन् ।

मलेसियामा संक्रमितको संख्या साढे ३ हजार आसपास पुगेको छ । त्यहाँ कोरोनाबाट अहिलेसम्म ५७ व्यक्तिको मृत्य भइसकेको छ ।

याे पनि पढ्नुस  के खाए कोरोना सर्दैन्? भ्रम र यथार्थ

यूएईमा संक्रमितको संख्या १२ सय नाघ्दा ९ जनाको मृत्यु भएको छ ।

गत डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना २०५ देशमा फैलिसकेको छ । अहिलेसम्म यो भाइसरका कारण ११ लाख ३३ हजार व्यक्ति प्रभावित भइसकेका छन् । जसमध्ये २ लाख ३६ हजार संक्रमित उपचारपछि घर फर्किएका छन् ।

सम्पूर्ण देशको कोरोना अपडेटका लागि यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्