किमाथांका नाका बन्द भएपछि भोटखोलामा खाद्यान्न संकट

सङ्खुवासभाः  सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्न संकट भएको छ ।

कोरोना भाइरसको महामारी फैलिएपछि साढे दुई महिनादेखि चीनले किमाथांका नाका बन्द गरेको छ ।

नाका बन्दपछि दुर्गम उत्तरी क्षेत्र गाउँपालिकामा खाद्यान्न संकट भएको गाउँपालिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए ।

कोरोना भाइरस संक्रमण फैलन सक्ने भन्दै चीनले किमाथांका नाका प्रवेश गर्ने चीनका देन्दाङ र चाँगा बजार प्रवेश गर्न नाका बन्द गरेपछि भोटखोलाको १ र २ नम्बर वडामा खाद्य संकट सिर्जना भएको गाउँपालिका अध्यक्ष भोटेले बताए । किमाथांका सदरमुकाम खाँदबारीबाट चार दिनको पैदल दूरीमा पर्छ ।

याे पनि पढ्नुस  धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा २ सय विद्यार्थीलाई खाद्यान्न सहयोग

भौगोलिक रुपमा निकै विकट भोटखोलामा सञ्चार र यातायात साधनको पहुँच पुगेको छैन । कोरोना भाइरस संक्रमण फैलिन नदिन चीनले गत माघ ५ गतेदेखि किमाथांका नाका बन्द गरेको थियो ।

चीनको सिमानामा पर्ने वडा नम्बर १ र २ का रिदाक, थुदाम, छुमसुरलगायत स्थानमा खाद्यान्न संकटको अवस्था सिर्जना भएको अध्यक्ष भोटेले बताए । वडा नम्बर १ र २ का २१४ घरपरिवारलाई खाद्यान्न संकट देखिएको अध्यक्ष भोटेको भनाइ छ । खाद्यान्न संकट टार्न गाउँपालिकाले सदरमुकाम खाँदबारीबाट ढुवानी गरिरहेको अध्यक्ष भोटेले बताए ।

याे पनि पढ्नुस  माथिल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण तयारी अन्तिम चरणमा

गाउँपालिका अध्यक्ष भोटेले भने, ‘हामीले ढुवानी गरेको राहत सामग्री केही दिनभित्र वितरण गर्छौँ ।’ उनका अनुसार खाद्यान्न संकट टार्न प्रतिघर दुई बोरा चामल, पाँच किलोग्राम नुन र चार लिटर तेल प्रदान गरिने छ । किमाथांका लगिने खाद्यान्न सदरमुकाम खाँदबारीकै दरमा खरीद गर्न सकिने अध्यक्ष भोटेले जानकाी दिए ।

याे पनि पढ्नुस  खाद्यान्न मौज्दातको अवस्था बुझ्न उद्योगमन्त्री भट्ट बिहानै ठूला गोदाममा पुगेपछि (फोटोफिचर)

भोटखोलाको किमाथांका उच्च हिमाली क्षेत्र भएका कारण त्यहाँ कोदो, मकै र आलुबाहेक खाद्यान्न उत्पादन हुँदैन । उत्पादन भएका खाद्य वस्तुले दुईचार महिना मात्र पुग्छ । उत्तरी क्षेत्र भोटखोलाका नागरिक चीनको चाँगा,देन्दाङ बजारमा आश्रित छन् । रासस

कमेन्ट गर्नुहोस्