पार्टीको महाधिबेशन घोषणा भएको छैन्, समयलाई पर्खौः मन्त्री भट्टराई

काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले संकटका बेला एक अर्काविरुद्ध छरपस्ट नहुन आग्रह गरेको छन् ।

शनिबार समाजिक सञ्जाल फेसबुकमा मन्त्री भट्टराईले भने, ‘यो सँकटकालीन र बिशेष अवस्था हो, यो आम चुनावको प्रचार अभियान होइन । जहाँ एउटा पार्टीले अर्को पार्टीका बिरुद्ध र एउटा उम्मेदवारले अर्को उम्मेदवारका बिरुद्ध आरोप र प्रत्यारोप झै संचार माध्यममा छरपस्ट नहोऔ ।’

याे पनि पढ्नुस  स्वीटरजरल्याण्डको जुरीच चाँही जिरी जस्तो छः मन्त्री भट्टराई

यो पार्टी भित्रका मत मतान्तरलाई सार्वजनिक बहस गरेर पार्टी र मुलुकको एकतालाई कमजोर बनाउने बेला नभएको उनको भनाइ छ ।

चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमिता आएको भन्दै सत्ता रुढ दल नेपाल कम्युनिस्ट पार्टी र प्रतिपक्षी दलका नेताहरु सरकारको चर्को विरोध गरिरहेका छन् ।

याे पनि पढ्नुस  सरकार ठीक बाटोमा छः मन्त्री भट्टराई

उनले त्यसप्रति इगित गर्दै थप लेखेका छन्, ‘पार्टीको महाधिबेशन घोषणा भएको छैन् । समयलाई पर्खौ । मानब जाति, देश, समाज, पार्टी, परिवार र ब्यक्तिको अस्तित्व रहने कि नरहने ? मानव सभ्यता नै समाप्त हुने हो कि ? भन्ने खतरा रहेको अवस्थामा निजी र तुच्छ स्वार्थका लागि आफ्नै भबिश्यलाई दाउमा नराखौ ।’

आफू बाच्न र मानव जातिको रक्षाका लागि एकताबद्ध हुन मन्त्री भट्टराईको आग्रह छ ।

याे पनि पढ्नुस  भट्टराईले भने, ‘काल्पनिक र गलत समाचार सम्प्रेषण गर्ने ? नियत गम्भीर छ’

स्वास्थ्य सामग्री खरिदमा अनियमिति गर्ने माथि कारबाहीको माग उठिरहको बेला उनले भने, ‘आफू बाचौं र मानव जातिको रक्षा गरौ । एकताबद्ध होऔ । जब ढुक्कसँग बाचिन्छ तब कसले कसलाई कारबाही गर्ने हो गरौला ।’

 

कमेन्ट गर्नुहोस्