कोरोनाबाट इटालीका प्रधानमन्त्रीका सुरक्षाकर्मीको मृत्यु

इटालीका प्रधानमन्त्री गिसेप्पे कोन्टेका सुरक्षाकर्मीको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गएको छ ।

प्रहरी अधिकृतको रुपमा प्रधानमन्त्रीको सुरक्षामा खटिएका जर्जिओ गेस्टामाचियाको कोरोनाबाट ज्यान गएको हो । उनलाई यही मार्च २१ म कोरोना संक्रमण भएको पुष्टि भएको थियो । तर, दुई सातासम्म प्रधानमन्त्री कोन्टेसँग सम्पर्कमा थिएनन् । इटालीको प्रहरी बलले यो घटनालाई शनिबार सार्वजनिक गरेको हो ।

याे पनि पढ्नुस  चितवनका १ जनामा पहिलो परीक्षणमा कोरोना ‘पोजेटिभ’

५५ वर्षीय प्रधानमन्त्री कोन्टेको पनि कोरोना परीक्षण गरिएको थियो । तर, नेगेटिभ रिपोर्ट आएको थियो । इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सबैभन्दा धेरै १५ हजार नाघिसकेको छ । –एजेन्सी

कमेन्ट गर्नुहोस्