लकडाउनमा अनौठा सजायः गोली हान्ने आदेशदेखि करोडौं जरिवाना र वर्षौ जेलसम्म !

काठमाडौंः विश्वभरि कोरोना भाइरसले महामारीको रुप लिएको बेला विश्वका ९० देशले लकडाउनको घोषणा गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९)का कारण विश्वका ९० देशले लकडाउन लगाएका छन् । त्यसबाट विश्वको आधा जनसंख्या अर्थात ४ सय ५० करोड जनसंख्या प्रभावित बनेको छ ।

सामाजिक दुरी कायम गर्ने र घरभित्रै बस्नुपर्ने भएपनि सबै देशमा लकडाउनको पालना उस्तै भने देखिँदैन । केही देशमा जनताले लकडाउनको स्वस्फुर्तरुपमा पालना गरेका छन् भने कतिपय देशमा सरकारले बारम्बार निर्देशन दिँदा समेत यसको पालना भएको छैन ।

याे पनि पढ्नुस  ‘कोरोनाको खोप सबैका लागि उपलब्ध हुनुपर्छ’

जनताले अटेरी गरेपछि कैयन देशले निकै कडा नियम र कानुन ल्याएका छन् । हेरौं कहाँ कस्तो सजाय छ ?

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्टेले क्वारेन्टाइन उल्लंघन गर्नेहरूलाई गोली हान्न आदेश दिएका छन् । दक्षिण अफ्रिकामा बाहिर निस्कँदा पुलिसले रबरको गोली हानिरहेका छन् ।

इटालीमा लकडाउनको बेला बिना कारण घुम्दा ४ लाखदेखि साढे छ लाखसम्म जरिवाना तिर्नुपर्छ । समाचार अनुसार, अहिलेसम्म ४० हजार जनाले यो सजाय पाएका छन् । हङकङमा क्वारेन्टाइनको नियम तोड्दा ४ लाख जरिवाना या ६ महिना जेलको सजाय तोकिएको छ ।

याे पनि पढ्नुस  लकडाउन: आफन्तलाई पनि प्रवेश निषेध, अर्को वडामा जान रोक !

साउदी अरबमा बिरामीले आफ्नो यात्रा विवरण लुकाएको खण्डमा १ करोड जरिवाना तिर्नुपर्ने नियम लागु भएको छ । अष्ट्रेलियाका केही स्थानमा ३५ देखि ४० लाखसम्म जरिवाना तोकिएको छ ।

अफ्रिकी केही देशहरुमा क्वारेन्टाइन को नियम उल्लंघन गर्दा २ देखि ३ वर्ष जेल सजाय सुनाईएको छ । रूसमा लकडाउन उल्लंघन गर्नेलाई ७ वर्षको जेल सजाय हुने नियम बनाइएको छ । मेक्सिकोमा ३ वर्ष कैद सजायको व्यवस्था छ ।

रसियाको संसदले कोरोना भाइरस ऐनलाई अनुमोदन गर्दै लकडाउन नियम नमान्नेलाई ७ वर्षको सजायको प्रावधान बनाएको छ । कोरोना भएको कुरा लुकाएमा पनि ३ वर्ष सजाय हुने व्यवस्था छ ।

याे पनि पढ्नुस  कोरोना भाइरस संक्रमणको नेपालमा यसरी भयो पुष्टि

पेरूमा कोरोनाबारे अफवाह फैलाउनलेलाई ४५ हजार जरिवाना तोकिएको छ । तामिलनाडुमा अफवाह फैलाएकोमा १२ सय जनालाइ पक्राउ गरिएको छ ।

अष्ट्रेलियामा मास्क लगाउन अनिवार्य गरिएको छ । त्यस्तै चेक गणराज्य, स्लोभाकियाले सार्वजनिक स्थानमा मास्क लगाउन अनिवार्य गरेको छ । केही देशका सरकारले भनेका छन्, ‘बरु तपाईंहरू निर्वस्त्र घुम्नुस्, मास्क लगाउनुपर्छ ।’

कमेन्ट गर्नुहोस्