चीनका शीर्ष वैज्ञानिकको चेतावनीः बिना मास्क हिंडनु खतरापूर्ण

काठमाडौं: कोरोना भाइरसको संक्रमणबाट जोगिन मास्क लगाउने या नलगाउने भन्ने विषयमा बहस चलिरहेको बेला चीनका एक वैज्ञानिकले भने गम्भीर चेतावनी दिएका छन् ।

साइन्स वेभसाइटलाई दिएको एउटा अन्तर्वार्तामा चीनको जर्ज गाओ चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका प्रमुख वैत्रद्दानि जार्ज गाओले संक्रमणलाई रोक्न मास्क लगाउनु जरुरी भएको बताएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन आवश्यक छैन भन्दै ढिपी कसिरहेको बेला यो चेतावनी आएको हो । यसअघि विश्व स्वास्थ्य संगठनले समेत रुघाखोकी लागेका बिरामीले मात्रै मास्क लगाउन सुझाव दिएको थियो । तर गाओ भने कोरोना रोकथाममा मास्क महत्वपूर्ण हुने बताए ।

याे पनि पढ्नुस  कोरोना भाइरसबाट बच्न डब्लुएचओको सुझाव

यूरोप र अमेरिकाका जनताको सबैभन्दा ठूलो गल्ती नै मास्क नलगाइकन सार्वजनिकरुपमा हिंडडुल गर्नु रहेको उनको मत छ । कोरोना भाइरस ड्रपलेट्स र मानिसको सम्पर्कमा आउँदा फैलिने भएकोले मास्क अनिवार्य हुने उनको दावी छ ।

उनी भन्छन, “यो संक्रमणमा सूक्ष्म तरल छिटा या ड्रपलेट्सको भूमिका महत्वपूर्ण छ । हामी कुराकानी गर्दा यी सूक्ष्म छिंटाहरु बाहिर आउँछन् । धेरै मानिसमा यो संक्रमण लक्षणरहित पनि हुन्छ । यस्तो अवस्थामा तपाईले मास्क लगाउनु भयो भने यो भाइरस तपाईसम्म पुग्नबाट रोकिन्छ ।”

याे पनि पढ्नुस  श्रीमतीसँग ‘सेल्फ आइसोलेशन’मा विराट कोहली

यसैबीच अमेरिकी वैज्ञानिकले समेत कोरोना भाइरस सास लिने र कुराकानी गर्दा समेत फैलिन सक्ने बताएका छन् । यो हावाबाट सर्न सक्छ । संक्रमित बिरामीले श्वास फेर्दा यो भाइरस हावामा आउने भएकोले पनि यसले नजिकको अर्को व्यक्तिलाई संक्रमित गर्न सक्छ ।

याे पनि पढ्नुस  एकै व्यक्तिले पाँच सिलिण्डर उठाए

मानिसमा तत्काल लक्षण नदेखिने तर पनि भाइरस शरीरमा प्रवेश गरिसक्ने भएकोले आइसोलेसनमा बस्ने र मास्क लगाउनु जरुरी हुने उनीहरुले बताएका छन् ।

कमेन्ट गर्नुहोस्