धनगढीका कोरोना संक्रमितः भाउजुमा पोजेटिभ, अन्य परिवारका नेगेटिभ

धनगढीः कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेका धनगढीका कोरोना भाइरस संक्रमित युवकका परिवारका सात सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

परिवारका आठ सदस्यको थ्रोट स्वाब सङ्कलन गरिएकामा उनकी ३४ वर्षीया भाउज्यूको रिपोर्ट पोजेटिभ तथा अन्य सातको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा जगदीश जोशीले बताए ।

याे पनि पढ्नुस  उदयपुरका थप १०५ जनाको कोरोना परीक्षण रिपोर्ट आयो

संक्रमितकी श्रीमती, चार वर्षीया छोरी, उनका बुवाआमा, दाजु र भतिजीको रिपोर्ट पनि नेगेटिभ आएको छ । यसअघि संक्रमण देखिएका धनगढीका एक युवक दुबईबाट यही चैत ७ गते नेपाल आएका थिए ।

दिल्लीबाट काठमाडौं आउँदा उनी चढेको जहाजमा १०८ नेपाली थिए । नेपालगञ्जबाट अत्तरिया हुँदै उनी हसनपुरस्थित घर पुगेका थिए ।

कमेन्ट गर्नुहोस्