लकडाउन कहिलेसम्म ? के भन्छन् सरकारका प्रवक्ता ?

काठमाडौंः कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशब्यापी लकडाउन जारी गरेको थियो ।

गत आइतबार थप ८ दिन थप गरिएको लकडाउन आगामी चैत २५ गते समाप्त हुँदैछ । तर, २५ गते लकडाउन समाप्त हुन्छ कि थप गरिन्छ भन्नेबारे अहिलेसम्म निर्णय भइसकेको छैन ।

याे पनि पढ्नुस  सानालाई थुन्‍ने, ठूलालाई नछुने ?

शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनको समय लम्बाउने अनुमान गरिएको थियो । तर, सरकारले हाल कायम रहेको लकडाउनलाई कडाइका साथ पालना गर्ने निर्णय गरेको छ । तर लम्ब्याउनेबारे केही निर्णय गरेन ।

लकडाउनको समय थप गर्नेबारे अर्को मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिए ।

याे पनि पढ्नुस  लकडाउनबारे जनार्दन शर्माले लेखे यस्तो कविता

अहिलेसम्म नेपालमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । एकजना भने उपचारपछि घर फर्किसकेका छन् ।

तर, संक्रमितको संख्या बढ्दै गइरहेको कारण लकडाउन लम्ब्याउने तयारी सरकारले गरेको छ । चैत्रभर वा बैशाख ३ गतेसम्म लकडाउन जारी राख्ने तयारीमा सरकार रहेको स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्