१० वर्षीया छोरी बलात्कार गरेको आरोपमा बावु पक्राउ

गुलरियाः छोरी बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । १० वर्षीया छोरी बलात्कार गरेको आरोपमा प्रहरीले बालिकाको बावुलाई पक्राउ गरेको हो ।

छोरी बलात्कार गरी घरमै लुकिछिपी बसेको अवस्थामा बालिकाको बावुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काले बताए ।

याे पनि पढ्नुस  भान्जी बलात्कार आरोपमा मामा पक्राउ

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्