अमेरिकाको सबैभन्दा कठिन समय आउँदैछः ट्रम्प

काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी केही दिनमा अमेरिकामा ‘धेरै मृत्यु हुने’ बताएका छन् ।

उनले भने, ‘आगामी दुई हप्ता अमेरिकाको लागि अत्यन्त गाह्रो हुनेछ । सबैभन्दा कठिन समय आउँदैछ ।’

राष्ट्रपति ट्रम्पले आफ्नो दैनिक पत्रकार सम्मेलनमा सबैभन्दा खराब प्रभावित राज्यहरुलाई चिकित्सा र सैनिक सहयोगको आश्वासन दिए । यद्यप, ट्रम्पले देशलाई फेरि खोल्न चाहेको बताए ।

याे पनि पढ्नुस  कोरोना कहरः कहाँ कतिको मृत्यु ? (सूचीसहित)

लकडाउन हाल संयुक्त राज्यमा छ । राष्ट्रपति ट्रम्पले भने यो लकडाउन महिनौंसम्म चलाउन चाहँदैनन् ।

ट्रम्पले ईस्टर चाडको बेला सामाजिक दूरी दिशानिर्देशहरूमा केही ढिलाइको संकेत पनि गरे ।

अमेरिकामा कोरोना संक्रमितहरूको संख्या ३ लाख ११ हजार नाघेको छ भने मृतक संख्या साढे ८ हजार पुगको छ । मृतकमध्ये २६ सय बढी न्युयोर्कमा मात्र मरेका छन् ।

कमेन्ट गर्नुहोस्