४८ घण्टाभित्र कोरोना सेललाई मार्न सक्ने औषधि पत्ता लगाएको वैज्ञानिकको दाबी

काठमाडौंः कोरोना भाइरसको अनुसन्धानमा विश्वभरिका हजारौं अनुसन्धानकर्ता एवम् वैज्ञानिक युद्धस्तरमा अनुसन्धान गरिरहेका छन् । कहिले बेलायत त कहिले अमेरिकी वैज्ञानिकले खोप विकास गरी विभिन्न जनावरमा परीक्षणसमेत गरेको बताएका छन् ।

तर अष्ट्रेलियाको मोनाश विश्वविद्यालयका वैज्ञानिकले हालै एक नयाँ अनुसन्धानलाई परिणाममुखी बनाएको दाबी गरेका छन् । अष्ट्रेलियाली वैज्ञानिकहरुले एउटा सामान्य परजीवी औषधीले ४८ घण्टाभित्र कोरोना भाइरसको सेललाई पूर्णरुपमा मार्न सक्ने पत्ता लगाएको दाबी गरेका छन् ।

याे पनि पढ्नुस  कोरोना भाइरसः मृतकको संख्या २१ हजार नाघ्यो, कहाँ कति ? (सूचिसहित)

औषधीको एक पटक सेवन गरे मात्रै कोषभित्र रमाउने सार्स–कोभ–२ भाइरसलाई मार्न सक्ने जनाएका छन् । इभर्मेक्टिन एफडीए अनुमोदिन परजीवी विरुद्धको औषधि हो । जसको एकपटक मात्रैको सेवनले बढीमा ४८ घण्टा र कम्तिमा २४ घण्टाभित्र भाइरल आरएनएलाई नष्ट गर्नेछ । उक्त औषधी जुम्रा र लुत्तो रोकथाममा प्रयोग हुन्छ ।

इभरमेक्टिन एचआइभी, डेंगी र इन्फ्लुएन्जा रोकथाममा समेत प्रभावकारी हुने बताइएको छ । शुक्रबार मोनाश बायोमेडिसिन डिस्कोभरी इन्स्टिच्युटका डा. काइली वागस्टाफले एक खुराकले भाइरल आरएनलाई नष्ट गर्ने बताए । एन्टीभाइरस रिसर्च जर्नलमा प्रकाशित उक्त अनुसन्धानको परीक्षण मानवमा गर्न बाँकी रहेको छ ।

याे पनि पढ्नुस  अमेरिकामा एकैदिन थपिए १९ हजार कोरोना संक्रमित, साढे ५ सय बढीको मृत्यु

वैज्ञानिकहरुले उक्त औषधीको मानवलाई आवश्यक खुराक निर्धारण गर्न जुटेका छन् । कति खुराक खुवाए मानव स्वास्थ्य सुरक्षित रहने निर्धारण भएपछि मानवमा परीक्षण गरिनेछ ।

‘विश्व समुदाय महामारीको चपेटामा छन्, अहिलेसम्म अनुमति प्राप्त उपचार आएको छैन, कुनै ‘कम्पाउन्ड’ विश्वमा पहिले उपलब्ध भएको भए मानवलाई छिट्टै सघाउ पुग्थ्यो’, डा. वाग्स्टाफले भने । विश्वब्यापी रुपमा उक्त खोप उपलब्ध हुन केही समय लाग्ने उनको भनाई छ ।

याे पनि पढ्नुस  पाकिस्तानमा कोरोना संक्रमित र मृतक बढ्दै, १५ दिन लम्बियो लकडाउन

वैज्ञानिकले मानव परीक्षणका लागि कम्तिमा एक महिना लाग्ने जनाएका छन् । इभरमेक्टिनलाई कोरोना विरुद्ध प्रयोग गर्नुअघि मानवमा प्रयोगशाला परीक्षण आवश्यक हुनेछ । गोरखापत्र

कमेन्ट गर्नुहोस्