लकडाउनको समय थप्न केन्द्रलाई सुदूरपश्चिम प्रदेश सरकारको सिफारिस

कैलालीः सुदूरपश्चिम प्रदेश सरकारले ‘लकडाउन’को अवधि थप्न केन्द्र सरकारलाई सिफारिस गरेको छ ।

कैलालीका एक स्थानीयमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश सरकारको उच्चस्तरीय समितिले ‘लकडाउन’को अवधि थप्न केन्द्र सरकारलाई सिफारिस गरिएको सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री प्रकाश शाहले जानकारी दिए ।

याे पनि पढ्नुस  काठमाडौं महानगरभित्रका पसल बिहान १० बजेसम्म किनमेलका लागि खुल्ने

कोरोना रोकथाम तथा नियन्त्रणको प्रयासमा सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । लकडाउनको अवधि यही चैत २५ गते सकिँदै छ ।

लकडाउनको अवधि लम्बिने चर्चा चलिरहेको बेला शनिबार बसेको संघीय मन्त्रिपरिषद् बैठकले भने त्यसबारे कुनै निर्णय गरेन ।

कमेन्ट गर्नुहोस्