जनावरकाे खानाका लागि प्रियंका र आयुष्मानले दिए १ लाख

काठमाडौंः नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले ‘आयंका फाउन्डेशन’ मार्फत कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछि भोकै रहेका जनावरलाई नगद १ लाख सहयोग गरेका छन् ।

जनावरको खानाका लागि उनीहरुले यो रकम सहयोग गरेका हुन् । एनिमल नेपाल नामक संस्था मार्फत उनीहरुले यो नगद सहयोग गरेका हुन् ।

याे पनि पढ्नुस  कोरोना भाइरस: केही अस्पष्टता र वास्तविकता

जनावरलाई ‘एक कचौरा पानी, एक कचौरी खाना’को व्यवस्था यो संस्थाले गर्नेछ ।

आयंका जोडीले आफूले सकेको सहयोग गर्न र घरमै सुरक्षित बस्न अपिल पनि गरेका छन् ।

केही दिन अगाडि नायिका वर्षा सिवाकोटीले पनि कुकुरलाई खाना खुवाउँदै अरुलाई पनि जनावरलाई एक्लै नछाड्न अपिल गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्