२ लाख ५० हजार कोरोना संक्रमित निको भए, कुन देशमा कति? (सूचीसहित)

काठमाडौंः विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट निको हुनेको संख्या २ लाख ५० हजार नाघेको छ ।

१२ लाख १० हजार संक्रमितमध्ये आइतबार दिउँसो ३ः३० बजेसम्म २ लाख ५१ हजार बिरामी कोरोनाबाट निको भएका हुन् ।

कोरोनाको उपचार गराएर घर फर्किनेमा सबैभन्दा बढी चीनमा रहेका छन् । त्यहाँ ८१ हजार ६ सय संक्रमितमध्ये ७६ हजार ९ सय विरामी निको भइसकेका छन् । चीनमा अहिलेसम्म ३३ सय २९ जनाको मृत्यु भएको छ ।

याे पनि पढ्नुस  कोरोना सङ्क्रमणको उच्च जोखिममा नेपाल

चीनपछि स्पेनमा ३८ हजार संक्रमित उपचार गराएर घर फर्किएका छन् । त्यहाँ १ लाख ३० हजार व्यक्तिमध्ये १२ हजार ४ सय व्यक्तिको मृत्यु भएको छ ।

जर्मनीमा २६ हजार ४ सय, इटालीमा २० हजार, इरानमा १९ हजार ७ सय, फ्रान्समा करिब साढे १६ हजार, अमेरिकामा करिब १५ हजार, दक्षिण कोरिया र स्विट्जरल्याण्डमा ६ हजार बढी संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।

याे पनि पढ्नुस  ग्राहक बनेर उद्योगमन्त्री भट्टले नुन किन्न खोज्दा...

सम्पूर्ण देशको कोरोना अपडेटका लागि यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्