खरिपाटी क्‍वारेन्टाइनका ९४ जनाको रिपोर्ट ‘नेगेटिभ’

काठमाडौंः खरिपाटीस्थित क्‍वारेन्टाइनमा रहेका ९४ जनाकै रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ ।

आइतबार नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएका ९४ जनाको कोरोना परीक्षण गर्दा रिपोर्ट ‘नगेटिभ’ देखिएको बताए ।

याे पनि पढ्नुस  क्वारेन्टाइन लैजाँदै गर्दा बाटैमा मृत्यु भएका वृद्धको रिपोर्ट आयो

संक्रमित रहेका बासस्थान वरपर र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) को परीक्षण गरिने र पोजिटिभ आएमा पुनः पीसीआर प्रविधिबाट परीक्षण गर्ने बताएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार हालसम्म १५ सय २९ वटा परीक्षण भएका छन् ।

साथै देशभरी ११३ जना आइसोलेसनमा रहेका छन् । यस्तै, उपत्यकाबाहिर ६ ठाउँमा कोरोना परीक्षण सुरु भएको प्रवक्ता देवकोटाले बताए ।

कमेन्ट गर्नुहोस्