साहरुखले ‘क्वारेन्टाइन’का लागि ४ तलाको अफिस दिने

बलिउड अभिनेता साहरुख खान र उनकी पत्नी गौरीले सरकारलाई नयाँ सहयोगको घोषणा गरेका छन् । उनीहरुले महाराष्ट्र सरकारसँग क्वारेन्टाइनका लागि आफ्नो चार तल्लाको अफिस दिने घोषणा गरेका हुन् ।

महाराष्ट्र सरकारले उनीहरुको घरलाई क्वारेन्टाइनका लागि प्रयोग गर्ने बताएको छ । साहरुख र गौरीले कोरोना संक्रमितको आशंका रहेका वा कोरोना संक्रमित रहेका वृद्धा मानिस, महिला र बालबालिकाका लागि यो घर दिने बताएका हुन् ।

साहरुख र गौरीको यो नयाँ सहयोगका लागि महाराष्ट्र सरकारले धन्यवाद समेत दिइसकेको छ । साहरुख कोरोनासँगको यो लडाइँमा खुलेरै लागेका छन् ।

कमेन्ट गर्नुहोस्