चितवनमा टेकुपछि दोस्रो ठूलो कोरोना परीक्षण प्रयोगशाला, एक सिफ्टमा ९० नमूना परीक्षण गर्न सकिने

चितवनः राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरको परिसरमा कोरोना रोग भए नभएको पत्ता लगाउने कोभिड–१९ प्रयोगशाला आइतबारदेखि सञ्चालनमा आएको छ ।

मेडिकल सिटीको रुपमा विकसित भए पनि कोरोना ल्याब नभएको भन्दै नागरिक स्तरबाट व्यापक दवाव भएपछि मन्त्रालयले यहाँ प्रयोगशाला राख्ने निर्णय गरेको थियो । प्राविधिकहरुको अध्ययन पछि पन्छी रोग अन्वेशण प्रयोगशालामा कोरोनाको परिक्षण गर्ने स्थापना गरिएको हो ।

प्रतिनिधि र प्रदेश सभा सदस्य, जिल्ला स्थित दलका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीलगायतको रोहबरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिरामीको स्वाब (नमूना) प्राबिधिकलाई हस्तान्तरण गरेर प्रयोगशालाको शुभारम्भ गरे ।

आइतबार एउटा नमूना मात्र प्रयोगशालामा परिक्षण गरिने छ । सो नमूना प्रदेश परिक्षण कार्यालय हेटौँडाको प्रयोगशालामा समेत पठाइएको छ । प्रयोगशाला शुभारम्भको अबसरमा प्रतिनिधि सभाका कानुन, न्याय तथा मानबअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले स्थानीय, प्रदेश र संघिय सरकारको संयुक्त प्रयासबाट छोटो समयमा प्रयोगशाला सञ्चालनमा आएको बताए ।

याे पनि पढ्नुस  भरतपुर महानगरको पर्यटन स्तम्भ शिलान्यास

उनले चितवन र आसपासका बिरामीको नमुना परिक्षण गर्न प्रयोगशाला प्रभावकारी हुने बताए । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सबैको साथ र सहयोगका कारण ७२ घण्टाभित्र उच्च स्तरको प्रयोगशाला सञ्चालनमा आएको बताए । कोरोना अस्थायी अस्पताल निर्माण पछि रोग पहिचानका लागि प्रयोगशाला निर्माण गरिएको उनले बताए ।

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले भरतपुर कोभिड १९ परिक्षण प्रयोगशाला संञ्चालनमा आए संगै रोग नियन्त्रणमा प्रभाबकारी हुने बताए । सो प्रयोगशाला भरतपुर अस्पतालको स्वामित्वमा रहने गरि सञ्चालनमा ल्याईएको हो ।

याे पनि पढ्नुस  नेकपा चितवनले भन्यो, ‘मेयर दाहालमाथि दुर्व्यवहार गर्ने अपराधीलाई कठघरामा उभ्याइयोस्’

प्रयोगशाला स्थापनाका लागि गठित उपसमितिका संयोजक डा. कृष्णसागर शर्माका अनुसार प्रयोगशालामा २० जना बिशेषज्ञ, प्राबिधिकहरु तयारी अवस्थामा रहेका छन् । एक सिफ्टमा ९० वटा नमुना परिक्षण गर्न सकीने उनले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पछिको देशकै उच्च स्तरको प्रयोगशाला स्थापना भएको भन्दै उनले क्षमता बिस्तार गरेर एकै दिनमा ९ सय वटासम्म नमुना परिक्षण गर्न सक्ने गरी प्रयोगशाला स्थापना गरिएको बताए ।

प्रयोगशालामा भरतपुर अस्पताल, बिपि कोईराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडीकल कलेज, कलेजअफ मेडिकल साईन्सेस र कृषि तथा बन बिज्ञान बिश्वबिद्यालय रामपुरका प्राबिधिकहरुले काम गर्ने छन् । प्रयोगशालामा कृषि तथा बन बिज्ञान बिश्वबिद्यालय रामपुरका उपकरणहरु ल्याइएको छ । त्यस्तै स्वास्थ्य मन्त्रालय मार्फतका निकायबाट उपलव्ध भएका उपकरण र रसायनहरु प्रयोगमा ल्याईएको छ ।

याे पनि पढ्नुस  डेंगु नियन्त्रणका लागि भरतपुर महानगरले थाल्यो अभियान

राष्ट्रिय पन्छीरोग अन्बेषण प्रयोगशालामा भएका उपकरणहरुलाई उच्चतम प्रयोग गरि कोभिड १९ प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । सो अवसरमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्राबिधिक बिमलेश झाले टेकुको दोस्रो प्रयोगशालाको रुपमा उच्च स्तरको प्रयोगशाला तयार भएको बताए ।

कोरोनाको परीक्षण यहाँ नहुँदा सरकारी अस्पताल र निजी मेडिकल कलेजहरुले नमुना टेकु पठाउँदै आएकोमा केही दिन अघिबाट हेटौडा पठाउँदै आएका छन् । छिमेकी जिल्लाहरुबाट समेत बिरामी आउने भएकाले यही प्रयोगशाला स्थापना गर्नुपर्ने माग वढेर गएको थियो ।

कमेन्ट गर्नुहोस्