धनगढीका कोरोना संक्रमित युवाको दोस्रो रिपोर्ट पनि ‘पोजेटिभ’

कैलालीः धनगढीस्ति सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका कोरोना भाइरस (कोभिड–१९) संक्रमित युवकको दोस्रो रिपोर्ट पनि ‘पोजेटिभ’ देखिएको छ ।

धनगढी उपमहानगरपालिका–५ का ३४ बर्षिय संक्रमित बिरामीको परिवारका सदस्यसँगै पुनः थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो।

याे पनि पढ्नुस  कोरोनाबाट विश्व प्रख्यात वैज्ञानिकको निधन

दोस्रो रिपोर्ट ‘नेगेटिभ’ आए उनलाई डिस्चार्ज गर्ने तयारी थियो । उनलाई १४ गते कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए। उनी दुबईबाट भारतको राजधानी दिल्ली हुँदै काठमाडौं पुगेका थिए।

काठमाडौंबाट नेपालगञ्ज पुगेका उनी त्यहाँबाट स्थलमार्ग हुँदै धनगढी पुगेका थिए । ति युवककी भाउजूमा पनि कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ भने परिवारका अन्य सदस्यको रिपोर्ट भने नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डा. जगदिश जोशीले बताए ।

कमेन्ट गर्नुहोस्