२४ घण्टामा नेपालमा फेला परेनन् नयाँ कोरोना संक्रमित

काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा थप व्यक्तिमा संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा गरिएको २ सय ५२ नमूना परीक्षणमा सबैको रिपोर्टमा संक्रमण नभेटिएको जानकारी दिए ।

उनले हालसम्म १५ सय २९ जनाको नमूना परीक्षण भएको जानकारी दिँदै आइसोलेसनमा भने काठमाडौंमा १२ र बाहिर १ सय १ गरि जम्मा १ सय १३ जना रहेको बताए ।

याे पनि पढ्नुस  थप १२ जनामा कोरोना संक्रमण पुष्टि

प्रवक्ता देवकोटाले प्रभावित विभिन्न देशबाट आई भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएका ९४ जनाकै रिपोर्ट नेगेटिभ आएको पनि जानकारी दिए ।

उनले नेपाल संक्रमणको दोस्रो चरणमा प्रवेश गरिसकेकाले यसलाई थप अर्को चरणमा प्रवेश गर्न नदिन क्वारेन्टाइनमा बस्नुको विकल्प नरहेको भन्दै विदेशबाट आएकाहरुलाई सम्पर्कमा आई क्वारेन्टाइनमा बस्न आग्रह समेत गरे ।

याे पनि पढ्नुस  पाकिस्तानमा फेरि थपियो लकडाउन

प्रवक्ता देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सहित हेटौंडा, चितवन, धरान, सुर्खेत, जनकपुर, पोखरा र धनगढी गरी ८ स्थानबाट नमूना परीक्षण भइरहेको छ ।

यस्तै, बुटवलमा परीक्षण सुरु हुन बाँकी छ । यसअघि शनिबार एकैदिन तीनजनामा संक्रमणको पुष्टि भएको थियो । पहिलो पटक नेपालमा धेरै संख्यामा संक्रमण देखिएको यो पहिलो घटना हो । नेपाल संक्रमणको दोस्रो चरणमा स्थानीय संक्रमणमा प्रवेश गरिसकेको छ ।

याे पनि पढ्नुस  चितवनका १ जनामा पहिलो परीक्षणमा कोरोना ‘पोजेटिभ’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिमको कैलाली र कञ्चनपुरको क्वारेनटाइनमा रहेका सबै व्यक्तिको नमूना परीक्षण गर्र्ने भएको छ ।

प्रवक्ता डा. विकास देवकोटाले कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका सबैको कोरोना परीक्षण गर्ने जानकारी दिए ।

कमेन्ट गर्नुहोस्