कञ्चनपुरका ५ युवा नेताद्वारा १० क्विन्टल चामल हस्तान्तरण

महेन्द्रगगरः कञ्चनपुरका पाँच जना युवाले बेदकोट नगरपालिकालाई खाद्यान्न सहयोग गरेका छन् ।

विश्वभरी फैलिरहेको कोराना भाइरस (कोभिड–१९) बाट प्रभावित भएका गरीव, विपन्न मजदुर तथा दैनिक ज्यालादारी नागरिकलाई वितरण गर्नका लागि उनीहरुले नगरपालिकालाई खाद्यान्न सहयोग गरेका हुन् ।

आइतबार नेकपा क्षेत्र नम्त्रर २ का सचिव चन्द्रकान्त भट्ट सिके, नेकपा बेदकोट नगरका अध्यक्ष ललित परिवार, युवा संघ नेपालका नेता विवेक बोगटी, बिबिसा निर्माण सेवाका सञ्चालक पल्लवराज भट्ट र नेकपा बेदकोट नगर सदस्य अशोकराज भट्टले संयुक्त रुपमा खाद्यान्न हस्तान्तरण गरे ।

याे पनि पढ्नुस  कुखुरा फार्ममा आगलागी हुँदा १० लाख बराबरको क्षती

आइतबार पाँचै जना युवा नेताले बेदकोट नगरका प्रमुख अशोक कुमार चन्दलाई १० क्विटल चामल हस्तान्तरण गरेका हुन् ।

 

कमेन्ट गर्नुहोस्