गैरआवासीय नेपाली संघको आइइएस बैठक सम्पन्न, ८ वटा महत्वपूर्ण निर्णय

युएई । गैरआवासीय नेपाली संघ कार्यकारीहरु (एनआरएनए आइइएस) को बैठक विभिन्न ८ वटा महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । सँघका प्रबक्ता डिबी क्षेत्रीले दिएको जानकारी अनुसार बैठकले १ करोड ६२ लाख सहयोग स्वरुप नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ ।

बैठकका निर्णयहरु यसप्रकार छन् ।

कोभिड १९ राहत कोषमा जम्मा भएको र उठ्दै गरेको रकमबाट १ करोड ६२ लाख नेपाली रुपैयाँ बराबरको कोभिड १९ संबन्धि उपचार र रोकथामका लागि आवश्यक सामानहरु खरिद गरि नेपाल सरकारलाइ हस्तान्तरण गर्ने, त्यो भन्दा उपरान्तको संकलन र सहयोग रकम भने विदेशमा नै बस्ने नेपालीहरुको सहयोगको लागि राहत स्वरुप खर्च गरिने , संघको अनलाइन एप्सबाट सानो भन्दा सानो देखि ठूलो सम्म रकम आफ्नो ठाउँबाट नै दिन सकिन्छ।

याे पनि पढ्नुस  नवनिर्वाचित एनआरएनए एनसीसीलाई पत्रकार महासंघद्वारा सम्मान

यस्तै आफ्नै फोन, ट्याब्लेट, कम्प्युटर इत्यादिबाट डेभिड या क्रेडिटकार्ड प्रयोग गरि सहयोग दिन सकिने ब्यबस्था छ। दिएको रकम आफैंले र अरुले समेत साइटमा गएर हेर्न सकिनेछ। यति मात्र होइन, यसलाई अझै पारदर्शी बनाउन कोषाध्यक्ष महेश श्रेष्ठको नेत्रित्वमा अझै थुप्रै बिधि र प्रक्रियाहरु गरिंदै जाने ,संघका सबै क्षेत्रमा कोभिड १९ को लागि समितिहरु बनाएर, नेपालीहरुलाई सहयोग गर्न, भएका गतिबिधि र घटना समेत अपडेट गर्न क्षेत्रीय संयोजक (आरसी) हरुलाई निर्देशन जारि भएको र अझै स्मरण गराउने निर्णय भएको छ।

याे पनि पढ्नुस  एनआरएनए अष्ट्रेलियाले गर्यो कोभिड-१९ राहतको लागि अनलाइन फर्मको ब्यबस्था

बैठकले नेपाल सरकारका विदेशस्थित रहेका मिशन, राजदूतावासका प्रतिनिधि रहने, सम्पूर्ण संघ-सँस्था र प्रतिष्ठित र संबन्धित व्यक्तिहरुको समेत प्रतिनिध्तिव हुने गरि समिति बनाउने र सोहि समितिले सहयोग, सपोर्ट र उद्धारको लागि काम गर्न नेपाल सरकारसंग प्रस्ताव गर्ने। यसका लागि संघका अध्यक्ष कुमार पन्तले पहल गर्ने।

कोरोना संबन्धि संघको हेल्थ कमिटीले विभिन्न सूचना र थप जानकारी गर्दै,आफ्ना कुनै जिज्ञासा भए उहाहरुलाई सम्पर्क गर्न जानकारी गराउने, क्षेत्र र सम्पूर्ण राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले गरेका कोभिड १९ संबन्धि गतिबिधि मात्र होइन अन्य गतिबिधि पनि संचार तथा प्रकाशन समितिलाइ पठाउन यस अघि नै निर्देशन/इमेल गरिएको र अब उपरान्त सबै एनसीसी र क्षेत्रीय स्तरका सबै गतिबिधि पठाउन स्मरण गराउने ।

याे पनि पढ्नुस  एनआरएनए अष्ट्रेलियाले गर्यो कोभिड-१९ राहतको लागि अनलाइन फर्मको ब्यबस्था

साथै बैठकले सम्पूर्ण एनसीसी, क्षेत्रीय संयोजक (आरसी), सम्पूर्ण एनआरएन र विदेश स्थित रहेका नेपालीहरु, संघ-संस्थाहरुको सहयोगको धन्यवाद ज्ञापन समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्