कोरोनाबाट लिबियाका पूर्वप्रधानमन्त्रीको निधन

बीबीसीः कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट लिबियाका पूर्वप्रधानमन्त्री महोमद जिब्रिलको निधन भएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उनको इजिपिको अस्पतालमा मृत्यु भएको हो ।

जिब्रिलको राजनीतिक दल नेसनल फोर्स एलाइन्सले उनलाई २६ मार्चमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको थियो ।

सन् १९५२ मा जन्मिएर पश्चिमा मुलुकमा अध्ययन गरेका जिब्रिलले विद्रोही राष्ट्रिय संक्रमणकालीन परिषद्बाट सन् २०११ को अक्टूबरसम्म प्रधानमन्त्री भएका थिए ।

याे पनि पढ्नुस  के गर्मी महिनामा कोरोना महामारी कम होला ? यस्ता छन् विज्ञका तर्क

सन् २०१२ मा उनको पार्टीले बहुमतसहित विजय भएपछि उनी प्रधानमन्त्री भएका थिए ।

कमेन्ट गर्नुहोस्